Let me tell this off the start that it is completely an unscientific thought, hence filed under mindless musing! But something that has been niggling me (well, my mind) for a while.
When I was in Vancouver, I hardly used any other language but English when I spoke, read or wrote. I had to either call home (Nepal) or Nepali friends in England (I knew very few Nepalis in Canada) to have a decent conversation in Nepali. That was when I first felt some change in my thought process. I don’t know much about the relation of language and thought process (haven’t tried to do bit more research on this now as I have too many other things on my plate!), but I think language does have some effect on how we think.
To “think” itself, I guess, we don’t need language that we communicate in, like Nepali or English or French or whatever (I could be completely wrong here, but this is my perception!). We need language to decipher, articulate, and express/communicate our thoughts; but NOT to “think” per se. Although, I believe our language (which is often tied to a certain culture, world-view etc) affects how we perceive things around us, our world view, and how we “think”.
Every person is different and hence thinks differently. However, there must be certain commonalities on how Nepalis think when compared to how Brits think. Its not just about language though - its also about culture, tradition, way of life and all that, which I’m not going to talk about here.
Continue reading ‘Thought(s), language(s), expression(s): Some thoughts’
Piece I: Recent Past
I became an omnivore this year
reminiscences
of the years gone by
being a shepherd
torturing
cows and goats
reminiscences
of the years gone by
being vegetarian
repenting cruelty
against cows and goats
reminiscences
of the years gone by
of torture
then remorse
now all forgotten
dark world
darker life
no sign of the Light
I became an omnivore
this year
m.p.
20 august 2006
york
Continue reading ‘Two pieces from the past…’
आज भ्यालेन्टाइन्स डे, आजको दिन यति आरामसाथ बित्ला भनेर चाँहि सोचेको थिइन। हुन त बिहानैदेखि काममा आएर पनि होला, बाहिरको हल्लाखल्लाको त्यति वास्ता भएन। काममा रुचि पनि अलि बढेकै छ पहिले भन्दा, बिनाकारण! अनि नेपालीमा लेख्ने खूब जाँगर चल्दैछ मलाई आजकल। नेपालीमा लेख्ने मात्रै होइन, राम्रा पुस्तक पढ्न नपाएको पनि वर्षौं भइसक्यो। त्यसैले पनि होला मलाई आजकल पहिले पढेका राम्रा पुस्तकहरूको सम्झना आइरहेको! हिजो विचार विज्ञानको बारेमा सोच्दैथिएँ, आज चाँहि मलाई साह्रै राम्रो लागेको अर्को एउटा नेपाली उपन्यासको उल्लेख गर्न मनलाग्यो यहाँ।
मैले मेरो मनपर्ने पुस्तकको सूचीमा जहिलेपनि एउटा नेपाली किताव राख्छु सबैभन्दा माथि - किताबको नाम हो समर्पण र प्राप्ति। त्यो किताब पनि मैले माध्यमिक विद्यालयमा हुँदा नै पढेको। पढेको धेरै भएकाले बिर्सिसकेँ कथाबस्तु चाँहि। त्यो उपन्यास मलाई एकदमै राम्रो लागेको थियो त्यतिबेला अनि मनपर्ने पुस्तकको सूचीमा राख्ने गरेको थिएँ विद्यालय जीवनदेखि नै। पछिपछि त बानी नै पर्न गयो - मनपर्ने पुस्तकको सूचीमा सबैभन्दा पहिले त्यही उपन्यासलाई नै राख्ने! एकदमै लामो छ उपन्यास - १००० पन्ना भन्दा पनि धेरै जस्तो लाग्छ मलाई, तर अहिले यकिनका साथ चाँहि भन्न सक्दिन। कथाबस्तुलाई ऐतिहाँसिक सन्दर्भमा राख्दा राणाकालीन कथाबस्तु जस्तो लाग्छ, तर पात्रहरू चाँहि समाजका हरेक वर्गबाट छन् क्यार त्यसमा। यदि म गलत रहेनछु भने त्यस उपन्यासको कथाबस्तुमा वाराणाशीमा त्यतिबेला (राणाकालमा) पढ्न जाने नेपालीहरूका कहानी पनि समाहित छन्। मलाई यो पुस्तक दोहोर्याएर पढ्न मन लागेको धेरै भैसकेको छ, तर कहिले के कारण त कहिले के कारणले गर्दा पाइएको छैन। नेपाली साहित्यमा रुचि राख्ने नेपालका ब्लगर साथीहरूले बजारमा उपलब्ध भए देखि पढ्न योग्य उपन्यास हो यो। मेरो माध्यमिक विद्यालयको विद्यार्थी जीवनका रोजाईहरूसँग तपाईंहरूका रोजाई नमिल्न सक्छ। तर म आफ्नो उमेरभन्दा माथिको विषयबस्तुमा लगाव राख्ने भएकाले अझै पनि यो उपन्यास रुचिपूर्ण नै हुन्छहोला जस्तो लाग्छ। यकिनका साथ त भन्न सक्दिन उपन्यासकारको नाम, तर देवीनाथ (वा देवनिधि) पौडेल (no relation!) हो जस्तो लाग्छ। कसैले यो पुस्तक हातपार्नु भयो भने जरुर बताउनुहोला। अनि “समर्पण र प्राप्ति”, शीर्षक नै भ्यालेन्टाइन्स डे मा सम्झनुपर्ने जस्तो छैन त? 
Continue reading ‘समर्पण र प्राप्ति’
मलाई टाउको दुखिराछ, I have a headache. यो लेखको शीर्षकले त्यही भन्छ, फ्रान्सेली भाषामा। आज आधादिन सम्म बसेर बायोडिजेलको लेख सकें, सुताई कम, कफी ज्यादा भएर हो कि, वा बाहिरको उदासलाग्दो मौसमले गर्दा हो, अलिअलि टाउको दुखिरहेको थियो। फ्रान्सेली भाषा पढाउने शिक्षिकालाई इमेल गरी माथी शीर्षकमा लेखिएको कुरा भनौँ जस्तो पनि लागेको हो, तर सानोतिनो टाउको दुखाइलाई त पेलेरै भगाइन्छ भनेर गएँ कक्षातिर। बाहिर चिसो बतास चलिरहेको रहेछ, अनि बेलाबेलामा सिमसिमे पानी पनि पर्दैथियो। तर यो देशको पानीले हत्तपत्त रुझाउने चाँहि हैन। सुरुसुरुमा त तारानाथ शर्माको सुझाव मानी छाता बोक्ने गर्थें (बेलायततिर बरालिँदा याद आउँदैछ! चार-पाँच कक्षा हुँदा पढेको किताब, त्यतिबेला त बेलायत केबल तारानाथको पुस्तकमा अनि सपनामा (कहिलेकाँही दिवास्वप्नमा पनि!) मात्र सीमित थियो, अनि यत्रो बर्ष यहीं बसिएला भन्ने सोचेको पनि थिइएन! जिन्दगी सोचेजस्तो के हुन्थ्यो र!?!), तर आजकल भने सानोतिनो पानी थेग्ने ज्याकेट लगाइन्छ, छाता चाँहि बोकिँदैन। बतास अलि तेज भएर होला, पानी त्यति झरेन अनि कक्षासम्म सुख्खै पुगियो। अलिअलि टाउको दुखेर पनि कक्षा जानुको अर्को कारण पनि थियो - गत हप्ताको परीक्षाको पत्र अनि नतीजा लिनलाई, जुन मैले खत्तमसँग बिगारेको थिएँ। परीक्षा बिगारेर कक्षामा नगएको जस्तो भान पर्न दिनु त भएन नि। मैले मात्र नभएर अरु धेरैले बिगारेका सहेछन् गतहप्ताको जाँच, तर त्यसमा खुशी हुनुपर्ने केही थिएन - भइन पनि। आफूले गरेका स्टुपिड मिस्टेकहरू (अंग्रेजी-नेपाली-अंग्रेजी शब्दकोश नभई भाछैन मलाई, कति बिगार्नु आफ्नो भाषालाई!) देख्दै टाउको दुखिरहेको थियो, अझै!
तर धेरै जनाले बिगारेकाले अलिकति फाइदा चाँहि भयो - शिक्षिकाले एक-एक गरी परीक्षामा सोधिएका प्रश्नहरुका जवाफहरू बताइदिईन्, अनि कहाँ, किन, कसरी गल्ती भयो भनेर पनि। जम्मा ३८% आयो मेरो, यसभन्दा पहिलेको दुवै परीक्षामा ९०% को हाराहारीमा थियो नतीजा! तर ठीकै छ, सधैँ राम्रो गर्यो भने त मात पनि लाग्छ सफलताको। मातिनु भन्दा नमातिनु नै जाती।
Continue reading ‘J’ai mal à la tête…’
Published 1 year, 9 months ago
in online.
Recent Comments